देश

सुरक्षाकर्मीलाई हतियार देखाउनेमाथि प्रहरीद्वारा गोली प्रहार

वीरगञ्ज, भदौ १८-वीरगञ्जमा चेकजाँचमा रहेको प्रहरीलाई हतियार देखाई भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरेर एक युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का सन्तोष दास रहेका छन्।

वडा प्रहरी कार्यालय श्रीपुरको टोलीलाई दासले गोली प्रहार गर्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिए।

दासको दाया खुट्टामा प्रहरीले हानेको गोली लागेको छ। उनको साथबाट एउटा पेस्तोल र १७ राउण्ड गोली पनि बरामद भएको थापाले बताए। घाइते दासको प्रहरी निगरानीमा वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Featured