देश

बालिका बलात्कार गरेको आरोपमा दुई पक्राउ

डडेल्धुरा, भदौ १७–जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले डडेल्धुराका छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । १३ भदौ राति १७ वर्षीया किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको भागेश्वर गाउँपालिका–१ पनिउटका २३ वर्षीय दिनेशराम पार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

यस्तै ११ भदौ राति १३ वर्षीया बालिकालाई डरत्रास देखाइ जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको परशुराम नगरपालिका–४ कटालका २१ वर्षीय महेश दमाईलाई प्रहरीले १३ गते पक्राउ गरेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनीहरुलाई पक्राए गरिएको विषयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले मंगलबार मात्रै जानकारी गराएको हो । डडेल्धुरा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आरोपित पार्की र दमाईमाथि अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले बताए ।