देश

जहदाका विपन्न दलित परिवारलाई सौर्य वत्ति वितरण

विराटनगर, भदौ १७–मोरङको शिसवनी जहदा गाउँपालिकाका विपन्न दलित परिवारलाई सौर्य वत्ति वितरण गएिको छ । सो गाउँपालिका वडा नं. ४ का १ सय विपन्न दलित परिवारलाई एक कार्यक्रमका बिचमंगलबार वडाध्यक्ष जयनरथ गिरि (कृष्ण) ले सौर्य वत्ति वितरण गरेका हुन् ।

सो अबसरमा बोल्दै वाध्यक्ष गिरिले बर्षौँदेखी आफ्नो वडाका सयौँ परिवार विजुली वत्तिको उपभोग गर्नबाट बञ्चित रहँदै आएकाले सौर्य वत्ति वितरण गरिएको बताए । उनले वत्ति विना रातको समयमा अन्धकारमा बस्दै आउनुपरेकाले वडा मार्फत सौर्य वत्ति वितरणको गर्ने योजना अनुरुप वितरण गरिएको जानकारी दिए ।

सौर्य वत्ति पाएपछि सवै परिवार हर्षित भएका छन् । उनीहरुले गरिविकै कारण आफुहरु वर्षौँ अघिदेखि अन्धकारमा बसि रहनुपरेको बताउँदै अब सो कुराको अन्त्य भएको भन्दै वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरे ।