देश

स्कुल डान्सको उपाधि घिमिरेलाई

चितवन, भदौ १७–कालिका नगरपालिकाका वडा नं ६ जमुनापुरका सर्मपण घिमिरेले स्कुल डान्स आइडल २०७६ को उपाधि जितेका छन । रत्ननगर कला मन्दिर र याक इभेन्ट्र्सले सयुक्त रुपमा डान्स आइडलको आयोजना गरेको थियो । २७१ प्रतिस्पर्धीलाई पछि पार्दै स्काइडराइडर आमाविमा अध्ययनरत घिमिरेले उपाधि जितेका हुन् ।

डान्स आइडलको मंगलबार आयोजित कार्यक्रमका प्रमुख अतिथि चलचित्र निर्माता तथा निर्देशक दीपक खाँड र कला मन्दिरका अध्यक्ष राम रिमालले घिमिरेलाई ५० हजार पुरस्कार सहित उपाधि हस्तान्तरण गरेका थिए । विद्यार्थीहरु माझ रहेको प्रतिभाको खोजी गर्न आयोजित सो प्रतियोगितामा अमिसा गुरुङ दोश्रो, स्मृता बरुवाल तेश्रो भएका छन् ।

प्रतियोगितामा एरिन चौधरी, पुजा मोक्तान, अनिता सहारा, निरिसा पाण्डे, आशिका चौधरी अनुष्का चौधरी र आयुषा काफ्ले टप १० मा पर्न सफल भएको अध्यक्ष रिमालले जानकारी दिए । आइडलमा उपाधिका लागि चितवनका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने २७१ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

विद्यार्थीहरुमा रहेको अन्तरनिहीत क्षमताको विकास गर्न गत असार ३० गते आइडल सुुरु भएको थियो । मध्ये नेपालको प्रतिनिधित्व हुने गरी चितवनमा कार्यक्रम आयोजना गरिएको रिमालले बताए । कार्यक्रम संयोजक दीपक सिंहको अध्यक्षतामा भएको समापन कार्यक्रममा लेख बहादुर पुन, राजु पाठक, रामचन्द्र अर्याल, निरञ्जन गौली, कुशुम सहारा लगायतले मन्तव्य राखेका थिए ।

Featured