देश

संचारकर्मी रवि लामिछाने धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उच्च अदालतमा

काठमाडौँ, भदौ १७– पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका संचारकर्मी रवी लामिछाने सहित युवराज कँडेल उच्च अदालत हेटौँडा पुगेका छन् । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका लमिछाने र कँडेल धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन दिन पुगेका हुन् ।

साउन २० गते चितवनको होटल कंगारुमा आत्महत्या गरेका पुडासैनीले मृत्यु हुनु भन्दा अघी आफूले आत्महत्या गर्नुको कारण लामिछाने, कँडेल र रुकु भन्ने अस्मिता कार्की भएको भन्ने भिडियो सार्वजनिक भएपछी रवी लगायत तीनै जना पक्राउ परेका थिए । पक्राउ परेका तीनै जना चितवन जिल्ला अदालतको थुनछेक बहसपछि लामिछाने पाँच लाख रुपैयाँ, कँडेल तीन लाख रुपैयाँ र कार्की साधरण तारेखमा रिहा भएका थिए ।

अदालतका उक्त आदेश प्रति असन्तुष्टी जनाउँदै लामिछाने सहित कँडेलले फौजदारी कार्य्विधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी उच्च अदालत अदालतमा निवेदन दर्ता गराएका छन् । बुधबार उनीहरुको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालत हेटौंडा इजलासले जनाएको छ ।

Featured