काठमाडौं, भदौ १७-अन्तराष्ट्रिय क्रिकेट परिषदले सार्बजनिक गरेको नयाँ टी-ट्वान्टी वरियतामा नेपाल ११ औं स्थानमा यथावत नै रहेको छ।
अन्तराष्ट्रिय क्रिकेट परिषदले सार्बजनिक गरेको नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटीङ अंक पाएको छ। नेपालले गत महिना मलेसियासँगको दुई खेलको टी-ट्वान्टी र सिंगापुरमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपछि अन्य खेल खेलेको छैन।
अब नेपालले अक्टाेबरमा ४ वटा टी२० खेल खेल्दैछ। ओमानमा हुने सिरीजमा नेपालसँगै आयरल्याण्ड, नेदरल्याण्ड, हङकङ रहेका छन। साे सिरीजमा गरेकाे प्रदर्शनले नेपालकाे बरियतामा फरक पर्नेछ।
एसोसियट राष्ट्रमा नेपाल शीर्ष स्थानमा रहेको छ। नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन्।
प्रतिक्रिया दिनुहोस