मनोरंजन विदेश

‘शाहो’ ले चार दिनमा कमायो ३ सय करोड भारु

काठमाडौं, एजेन्सी, भदौ १७-सुपरस्टार प्रभास को ‘शाहो’ फिल्मले खराब समीक्षा पाएता पनि बक्स अफिसमा भने चलचित्रले धमाका मच्चाइरहेको छ। ‘शाहो’ ले चार दिनमा ३ सय करोड भारुभन्दा बढी आम्दानी गरेको छ।

चलचित्रका व्यापार विश्लेषक त्रिनाथका अनुसार ‘चार दिनमा मात्र चलचित्रले विश्वभरबाट ३ सय करोड भारुभन्दा बढी आम्दानी गरेको छ। यद्यपि, चलचित्रको भविष्य अब मङ्गलबारको आम्दानीले निर्धारण गर्नेछ किनभने चलचित्रले राम्रो समीक्षा पाएको छैन।’

हिन्दी संस्करणबाट मात्र चलचित्रले १ सय करोड भारु कमाएको छ। त्यस्तै, चलचित्रले तामिल र तेलुगु भाषमा पनि राम्रो आम्दानी गरिरहेको छ।

करिब ३५० करोड भारुमा निर्माण भएको भनिएको चलचित्रको अधिकांश सुटिङ दुबई र अबुधाबीमा गरिएको थियो।

चलचित्रमा सुपरस्टार प्रभाससहित अरुण विजय, ज्याकी श्रौफ, निलनितिन मुकेश र मन्दिरा बेदीको भूमिका रहेको छ। यो चलचित्रबाट श्रद्धा कपुरले दक्षिणको चलचित्रमा डेब्यु गरेकी छिन्।

Featured