देश

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत

इनरूवा, भदौ १७–जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ । कोसी गाउँपालिका–३ का अनमोल मुखियाको शनिबार हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो । गाउँपालिकाले सोमबार मृतक मुखियाको परिवारलाई किरिया खर्चबापत २५ हजार रूपैयाँ प्रदान गरेको समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीको अगुवाइमा गएको टोलीले मृतक परिवारलाई राहत रकम हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ । माछा मार्ने क्रममा कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले आक्रमण गर्दा मुखियाको मृत्यु भएको थियो । (रासस)

Featured