देश

सुनको मूल्य ५०० ले बढ्यो, तोलाको ७२ हजार ५००

काठमाडौं, भदौ १७-नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० मा कारोबार भएको छ। यसैगरी तेजावी सुन ७२ हजार २०० मा काराेबार भएकाे छ।

अघिल्लो दिन छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएकोमा मंगलबार सुनको मूल्य रु ५०० ले बढेको हो।

यस्तै चाँदी तोलामा रु ८९५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी रु ८८५ मा कारोबार भएको थिय।