खेलकुद विदेश

क्रिस्टीयानो रोनाल्डो १० औँ पटक पोर्चुगल वर्ष खेलाडी

काठमाडौं, एजेन्सी, भदौ १७-फुटबल जगतका अहिलेका सुपर स्टार क्रिस्टीयानो रोनाल्डोले १०औँ पटक पोर्चुगल वर्ष खेलाडी घोषित भएका छन्।

फुटबलका जगतमा सबै खाले उपाधि जितिसकेका रोनाल्डोलाई यसवर्ष पनि पोर्चुगल वर्ष खेलाडी अवार्ड प्रदान गरिएको हो। ३४ वर्षीय रोनाल्डोले सन् २०१० र २०१४ बाहेक सन् २००७ देखि लगातार यस अवार्ड जितेका छन्।

यस अवार्ड जित्ने क्रममा रोनाल्डोले एथ्लेटिको म्याड्रिडका जोआओ फिलिक्स, म्यानचेस्टर सिटीका बेर्नार्डो सिल्भा, स्पोर्टिङ लिस्बनका ब्रुनो फर्नान्डेज र वल्भ्सका रुविन नेभिसलाई पछि पारेका थिए।

यसैगरी पेर्चुगल वर्ष अवार्डमा बेनफिकाको महिला र पुरुष दुवै टोलीले ‘टिम अफ दि इयर’ तथा प्रशिक्षक ब्रुनो लागेले उत्कृष्ट प्रशिक्षकको अवार्ड पाए।

यसअघि सन् २०१० मा सिमाउ र २०१४ मा पेपेलाई पोर्चुगल वर्ष खेलाडी अवार्ड प्रदान गरिएको थियो।

Featured