देश

अवैध रूपमा लगाइएको गाँजा खेती नष्ट

मकवानपुर, भदौ १७–राक्सिराङ गाउँपालिका(३ लावतीस्थित १.५ बिघा जग्गामा अवैध रूपमा लगाएको गाँजाका बोटहरू तथा १ कठ्ठा जग्गामा लगाएको गाँजाका बिरुवा प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले समुदाय/प्रहरी साझेदारीअन्तर्गतका समितिहरूसँगको सहकार्यमा उक्त गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको हो । उक्त अवसरमा लागुऔषध सेवन, उत्पादन र कारोबारविरुद्ध सचेतनामूलक पर्चा(पम्प्लेटसमेत वितरण गरिएको थियो ।

गाँजा तथा अफिम फडानी एवं अवैध उत्पादन सञ्चय तथा ओसारपसार नियन्त्रणको लागि विशेष अभियान सञ्चालन गरी कार्यान्वयन गर्ने सन्दर्भमा उक्त गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।