विदेश

जहाज उडाउन सिकाइरहेका प्रशिक्षक बेहोस्, प्रशिक्षार्थी चालकले उतारे विमान

काठमाडौं, भदौ १७-अस्ट्रेलियामा बिमान उडाउन सिकाउँदै गरेका प्रशिक्षक आकाशमै बेहोस् भएपछि उक्त विमानका एक प्रशिक्षार्थी चालकले उक्त बिमानलाई सफलतापूर्वक अवतरण गराएका छन्।

अस्ट्रेलियाको पर्थस्थित विमानस्थलमा जहाज उडाउन सिकाइरहेका प्रशिक्षक अचेत भएपछि म्याक्स सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रणसँग आपत्कालीन सञ्चार सुरु गरेका थिए।

उनले विमानस्थलका हवाई ट्राफिक नियन्त्रकहरुको सहयोग र निर्देशनमा विमान अवतरण गराउन सफल भएका हुन्।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

Featured