काठमाडौं, भदौ १७–ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६स्०० बजे गरेको मौसम विश्लेषणअनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपास अवस्थित छ । साथै बंगालको खाडीको उत्तर(पश्चिमि भागमा एउटा निम्न चापीय प्रणाली बनेको छ ।
मंगलबार देशभर सामान्यदेखि पूर्णतया बदलीको अवस्था रहेको छ ्र साथै पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्वी र मध्य पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको बुलेटिनमा छ ।
राति देशका अधिकांश स्थानमा सामन्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिम र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाका साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता रहन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस