विदेश

भारतद्वारा वेष्ट इन्डिज विरुद्धको टेष्ट सिरीज जित्न सफल

काठमाडौं, भदौ १७-आइसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत वेष्ट इन्डिज विरुद्धको सिरीज भारतले जितेको छ। गएराति सम्पन्न दोस्रो टेष्टमा भारतले वेष्ट इन्डिजलाई दुई सय ५७ रनले हरायो।

जमैका स्थित सविना पार्क मैदानमा भएको खेलमा भारतले पहिलो पारीमा हनुमान विहारीको सतकको मद्दतले चार सय १६ रन बनाएको थियो। हनुमानले एक सय ११ रन बनाएका थिए। यस्तै कप्तान विराट कोहलीले ७६ तथा इसान्त शर्माले ५७ रन जोडे। बलिङमा वेष्ट इन्डिजका जेसोन होल्डरले पाँच विकेट लिएका थिए।

जवाफमा वेष्ट इन्डिज पहिलो पारीमा मात्र एक सय १७ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले अर्धसतक बनाउन सकेनन्। उसलाई कमजोर पार्न जसप्रित बुम्राहले ६ विकेट लिएका थिए।

जवाफमा भारतले दोस्रो पारीमा थप एक सय ६८ रन बनाउँदै पारीको घोषणा गरेको थियो भने वेष्ट इन्डिजलाई चार सय ६८ रनको लक्ष्य दिएको थियो। जसमा अजिन्क्या राहाणेले ६४ तथा हनुमान विहारीले ५३ रन बनाए।

चार सय ६८ रनको लक्ष्य पक्ष्याएको वेष्ट इन्डिज दोस्रो पारीमा दुई सय १० रनमा अलआउट भयो। उसका लागि ब्रोक्सले ५० रन बनाउँद उरु खेलाडीले खासै राम्रो खेल्न सकेनन्। दोस्रो पारीमा उसलाई कमजोर बनाउन मोहम्मद सामी र रविन्द्र जडेजाले तीन तथा तथा इसान्त शर्माले दुई विकेट लिए।

कप्तानका रुपमा विराट कोहलीले २८ औं खेलमा जित निकाल्न सफल भए। योसँगै उनी टेष्ट क्रिकेटमा भारतका सर्वाधिक सफल कप्तान बनेका छन। यसअघि महेन्द्रसिंह धोनीको २७ टेष्टको रेकर्डलाई पछि पारेका छन। दुई टेष्टको सिरीज क्लिनस्विप गरेपछि भारतले टेष्ट च्याम्पियनसिपको अंक तालिकामा एक सय २० अंक बटुलेको छ।

Featured