देश

चिनियाँ राष्ट्रपति नौ घण्टाका लागि नेपाल आउने

काठमाडौं, भदौ १७–चिनियाँ राष्ट्रपति सी चिङफिङले आगामी १५ अक्टोबरमा नेपाल भ्रमण गर्ने सम्भावना बलियो बन्दै गएको छ। सोही मितिलाई आधार मान्दै नेपालले आन्तरिक गृहकार्य अघि बढाएको छ। राष्ट्रपति सीको नेपाल भ्रमण ९ घण्टाको मात्र हुनेछ।

पाँच दिन लामो भारत भ्रमणपछि उनी नेपाल हुँदै स्वदेश फर्किने कार्यक्रम तय गरिएको परराष्ट्र उच्च स्रोतले जनाएको छ। यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured