देश

अब हिरासतमा पनि टिभि सुविधा

झापा, भदौ १६–इलाका प्रहरी कार्यालय मेचीनगरपालिका– ६ अनारमनीको हिरासतमा रहेका किरण कार्की ढोलीको रहस्यमय मृत्यु भएपछि प्रहरीले हिरासत कक्षलाई अहिले प्रविधि मैत्री बनाएको छ ।

गत वैशाखमा मेचीनगरपालिका– ६ घर भएका १५ वर्षीय किशोरको शौचालयमा झुण्डिएको अबस्थामा शब फेला परेपछि प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीको हिरासत कक्षलाई प्रविधि मैत्री बनाएको हो ।

प्रहरीले अहिले हिरासत कक्ष भित्र सीसी क्यामेरा जडान गरेको छ भने हिरासतमा रहेका थुनुवाका लागि मनोरञ्जन प्रदान गर्न टेलिभिजनको समेत व्यवस्था गरेको छ ।

हिरासत सुरक्षा योजना अन्तरगत हिरासत कक्षभित्र पार्केटिङ गर्न लागिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले बताए ।

हिरासत कक्षमा रहेका थुनुवालाई मनोरञ्जन प्रदान गर्न हलेसी टे«ड लिङ बिर्तामोडका सञ्चालक चुडामणि पौडेलले टेलिभिजन सेट उपलब्ध गराएसंगै इलाका प्रहरी कार्यालय अनारमनीमा रहेका थुनुवाले अब टेलिभिजन हेर्न पाउने भएका छन् ।