खेलकुद विदेश

एसीसीकाे साधारणसभामा प्याकुरेल सहभागि

काठमाडौं, भदौ १६-थाईल्याण्डको बैंककमा आज भएको एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले बार्षिक साधारण सभामा नेपाल क्रिकेट संघ क्यानको निर्वाचित कमिटिलाई प्रतिनिधित्व गराएको छ।

नेपालको प्रतिनिधित्व गर्दै निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेल एसीसीको बैठकमा सहभागी भएका छन्। एसीसीको बार्षिक साधारण सभा थाईल्याण्डको राजधानी बैंककमा सोमबार बसेको छ। बैठकमा एसीयाका प्रत्येक देशका क्रिकेट संघका प्रतिनिधि सहभागी छन्।

नेपालबाट भने निर्वाचित क्यानका प्रतिनिधि सहभागी भएका हुन्। यसअघिको बैठकमा समेत एसीसीले परिवेक्षकको रुपमा चतुरबहादुर चन्द नेतृत्वको निर्वाचित कमिटिलाई सहभागी गराएको थियो। पाकिस्तानमा भएको सो बैठकमा समेत निलम्बित क्यानका महासचिव प्याकुरेलनै सहभागीता जनाएका थिए। अवैधानिक चुनाव र सरकारी हस्तक्षपको कारण देखाउँदै अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको थियो।

तर निलम्बन जारी रहेको अवस्थामा एसीसीले आफ्नो साधारण सभामा सोही निलम्बित कमिटिलाई प्रतिनिधित्व गराउँदै आएको छ। एसीसीले निर्वाचित भनिएको क्यानलाई साधारण सभामा सहभागी गराउनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ।

आईसीसीको निलम्बनमा रहेको नेपाली क्रिकेटको विवाद अहिले समाधान उन्मुख देखिएको छ। आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिले जिल्ला निर्वाचन सकेर प्रदेशको निर्वाचनलाई समेत अन्तिम चरणमा पु¥याएको छ।

Featured