देश

बहामासमा अहिले सम्म कै सबैभन्दा शक्तिशाली समुद्री आँधी

एजेन्सी, भदौ १६–क्यारिबियन टापू बहामासले शक्तिशाली आँधी भोगेको छ। उक्त आँधीलाई बहामासको इतिहासको सबैभन्दा ठूलो आँधी बताइएको छ। २८५ किमी प्रति घण्टासम्मको तीव्रता पुगेको डोरियन आँधी आन्द्र महासागरमा आएका आँधीको मापन राख्न थाले यताको दोस्रो सबैभन्दा तीव्र आँधी हो।

आँधी विस्तारै पश्चिमतर्फ अघि बढिरहेको छ र यो आँधी अमेरिकी राज्य फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलिना र साउथ क्यारोलिनालाई असर गर्नेछ। अमेरिकी सरकारले आफ्नो देशका ती राज्यमा संकटकाल घोाणा गरिसकेको छ।

नेसनल हरिकेन सेन्टरले जीएमटी समयअनुसार बिहान ३ बजे डोरियन ग्य्राण्ड बहामाको पूर्वी किनारमा देखिएको थियो। त्यसअघि नै आँधी अबाको टापूभित्र पसिसकेको थियो। दुवै टापूहरु बहामास टापू श्रृङ्खलाको उत्तरतर्फ पर्छ। ग्य्राण्ड बहामा अमेरिकाको फ्लोरिडाको समून्द्री किनाराबाट जम्मा सय किमी टाढा पर्छ।

आँधी प्रभावित बहामास टापूमा बिजुली पनि नरहेको र सिमित इन्टरनेट पहुँचको कारण त्यति धेरै सूचना बाहिर आएको छैन। आँधीको समयमा पानी ७ मिटरसम्म माथि उचालिएकाले अबाको टापू पानीमा डुबेको थियो । आँधीले कयैन घरको छानो उडाएको थियो। सरकारले आँधीका कारण घर गुमाएकाहरुको बसोबासका लागि १४ आश्रय स्थल बनाएको छ भने दजनौं चर्च, विद्यालय र अन्य भवनलाइ आपतकालिन आवासको रुपमा सूचिकृत गरेको छ। यी स्थान मानिस आएर भरिएकाले मानिसमा सरकारले खाना र पानीको व्यवस्था गर्न नसक्ने स्थानमा बास बस्नुपर्ने हो कि भनेर चिन्ता बढ्न थालेको छ।