देश

११औं कृति अवार्डः ३१ विधाका उत्कृष्ट विज्ञापन एजेन्सीहरु सम्मानित

काठमाडौं, भदौ १६-११औं संस्करण ‘नेपाल आइस ११औं कृति अवार्ड होटल सोल्टीमा आइतबार सम्पन्न भएको छ। कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाको उपस्थिति रहेको थियाे। मन्त्री बाँस्कोटाले नेपालमा क्लिन फिड लागू भइसकेको परिपेक्षमा कार्यान्वयनका लागि सरोकारवालाहरुसँग समन्वय गरी नियमावली र कार्यविधि निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएको नेपाल विज्ञापन संघ (आन)ले जनाएको छ।

नेपाल विज्ञापन संघद्वारा आयोजित उक्त कार्यक्रममा ३१ विधाका उत्कृष्ट विज्ञापनहरुलाई अतिथिहरुबाट अवार्डसहित खादा प्रदान गरी सम्मान गरिएको थियो। यो समारोहमा दिपक राज गिरी तथा केकी अधिकारीलगायतका कलाकारको पनि सहभागिता रहेको थियो।

३१ विधाको अवार्डका लागि ६१ एजेन्सीले सहभागीता जनाएकोमा निम्न एजेन्सीहरुले पुरस्कार पाएका छन्:

अभानि–६, बिजनेस एडभान्टेज–६, प्रिज्मार्क–४,आउटरिच–४, भिचित्र–३, कन्सल्टवान–३, डिजिटलइन–३ कि एडभरटाजिङ–२, ओर्जिनल इन्टरमेन्ट–२, मिटिङ प्वाइन्ट–२, एड डिजाएर –१, एएनएस–१, क्रियो कम्युनिकेसन–१, डिजि एडभरटाइजिङ–१, फुलसर्कल –१, इम्प्याक्ट–१, मेकवेज–१, एम म्याक्स कन्सर्न –१, मार्स एडभरटाईजङ एण्ड रिसर्च –१, मिडिया जर्नल–१, द स्क्वाएर डिजाइन –१, ह्वाइट फिएदर –१ रहेका छन्।

Featured