विदेश

चिनियाँ राष्ट्रपति सी जिनपिङ ९ घण्टाका लागि नेपाल आउने

काठमाडौं, एजेन्सी, भदौ १६–चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका हुन्।

राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले जनाएको छ।

चिनियाँ राष्ट्रपति अक्टोबर ११ मा पाँच दिने भ्रमणका लागि भारत जाँदैछन्। राष्ट्रपति सीको भ्रमणको तयारीका लागि सेप्टेम्बरमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गर्ने बताइएको छ।

Featured