देश

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, भदौ १६–चितवनको भरतपुर महानगरपालिका(१ आँपटारीमा बसले ठक्कर दिँदा एक जना पैदल यात्रीको ज्यान गएको छ । ना६ख ७६८७ नम्बरको बसले सोमबार बिहान २स् ४० बजे ठक्कर दिँदा पैदल यात्री रोशन अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक २७ वर्षीय अधिकारी गोर्खा पालुङटार नगरपालिका(१३ निवासी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अधिकारीलाई ठक्कर दिई भागेको बसलाई प्रहरीले मकवानपुरबाट नियन्त्रणमा लिएको छ । मृतक अधिकारीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।