देश

एटीएमबाट पैसा चोरी गर्ने थप एक चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं, भदौ १६–एटिएमबाट पैसा लुट्ने चिनियाँ गिरोहका थप एकजना पक्राउ परेका छ्न् । उनलाई प्रहरीले गएराति त्रिभुवन अन्तर्रा्ष्टिय विमानस्थलबाट पक्राउ हो । पक्राउ पर्नेमा सु लुसली नामका ३६ वर्षीय चिनियाँ युवा रहेका छन्। शनिबार एटिएमबाट पैसा लुट्ने समूहका पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । सो गिरोहका अझै २ जना फरार रहेका छन् ।

प्रहरीले सीसी टीभी फुटेजमा कैद भएको दृश्यको माध्यमबाट उनलाई पहिचान गरी पक्राउ गरेको हो । उनलाई विशेष निगरानीका आधारका आइतबार राति त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए ।

शनिबार राति चलाइएको अपरेशनमा पक्राउ परेकाविरुद्ध भने बैंकिङ कसूर सम्बन्धी मुद्दामा उच्च अदालत, पाटनबाट ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ । आइतबारराति पक्राउ परेका चिनियाँमाथि पनि म्याद थप गरेर अनुसन्धान गरिने काठमाडौं प्रहरीले जनाएको छ ।