देश

चितवनमा बसले ठक्कर दिँदा गोरखाका एक युवकको मृत्यु

काठमाडौं,भदौ १६-चितवनमा सोमबार बिहानै  बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

ना६ख ७६८७ नम्बरको बसले आज बिहान २ः४० बजे भरतपुर महानगरपालिका-१ आँपटारीमा गोरखाका रोशन अधिकारीलाई सडकमा हिँडिरहेका बेला बसले ठक्कर दिएको र घटनास्थलमै उनको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अधिकारीलाई ठक्कर दिई भागेको बसलाई प्रहरीले मकवानपुरमा नियन्त्रणमा लिएको छ। अधिकारीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।