देश

आज हरितालिका तीज, शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ, भदौ १६–आज हरितालिका तीज । नेपाली नारीहरुले तीज पर्व धुमधामका साथ मनाउँदै छन् । तीजको दिन व्रत बसेर भगवान शिवको पूजा आरधना गरिन्छ । तीजको व्रत बसी भगवान शिवको पूजा गरे विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने विश्वास छ । आज काठमाडौंको पशुपतिसहित देशभरका शिवालयहरुमा बिहानैदेखि महिलाहरुको घुइँचो लागेको छ ।

हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि गरेको व्रत सफल भएको विश्वासमा तीज पर्व मनाउने गरिन्छ । हिमालय पर्वतले आफ्नाी छोरी भगवान विष्णुलाई कन्यादान दिन लागेको थाहा पाएर उनका साथीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही ठाउँमा उनले कठोर व्रत बसेको स्कन्द पुराणमा उल्लेख छ । तीज पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सकिन्छ । सरकारले आज महिलाहरुका लागि विदा दिएको छ ।

Featured