देश

बिप्लव कार्यकर्ता भन्दै रकम असुली गर्ने पक्राउ

काठमाडौं, भदौ १५–आफुलाई बिप्लव समुहको कार्यकर्ता बताउदै रकम असुली गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले सरकारी कार्यालयका हाकिमहरुलाई घरमा बम बम पड्काईदिने धम्की दिई रकम असुल्दै आएको खुलेको छ।

पक्राउ पर्नेमा झापा गौरदह न.पा. वडा नं ७ का ४२ वर्षीया बिश्वराज शर्मा, भद्रपुर न.पा वडा नं ८का ४१ वर्षीया सुवाश कोईरालाका साथमा सुभम घिमिरे (वर्ष २४) रहेका छन्।प्रहरीले पक्राउ परेका कोईरालाको साथबाट जनध्वनि साप्ताहिक समाचार पत्रको परीचय पत्र पनि बरामद गरेको छ।

पक्राउ परेका तिनैजनालाई प्रहरीले आवश्यक अनुसन्धान र कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा राखेको छ।थप अनुसन्धान कार्य भने जारी रहेको प्रहरीले जनाएको छ।

Featured