देश

अध्ययनरत १०३ छात्रालाई साइकल हस्तान्तरण

लहान, भदौ १५–प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रूपान्तरणका लागि महिला सशक्तिकरण आवश्यक रहेको बताएका छन् । प्रदेश २ सरकारद्वारा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहाको लहानस्थित लक्ष्मण ललिता कुशवाहा माविका छात्राहरुलाई आइतबार एक कार्यक्रमबीच साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नै महिला सशक्तिकरण रहेकाले छोरालाई जस्तै छोरीहरुलाई पनि उच्च शिक्षा दिनुपर्ने बताए ।

अझै समाजमा छोरालाई पढाउने तर छोरीलाई काममा लगाउने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उनले छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीहरुको शिक्षामा पहुँच र्पुयउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बिमा, साइकल वितरणजस्ता कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे ।

प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारी दिने ‘ग्यारेन्टी’ समेत गरेको बताउँदै उनले अब कुनै पनि बहानामा छोरीहरुमाथि भेदभाव हुन नदिने जिकिर गरे । उनले शैक्षिक रूपमा पछाडि रहेको प्रदेश २ लाई शिक्षित प्रदेशका रूपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेकाले सो लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए । उक्त अवसरमा मुख्यमन्त्री राउतले त्यस विद्यालयमा अध्ययनरत १०३ जना छात्रालाई साइकल हस्तान्तरण गरे । (रासस)

Featured