देश

साउन महिनामा मात्रै ११ करोडको व्यापार घाटा

काठमाडौं, भदौ १५–गत आर्थिक वर्ष ११ खर्ब ३८ अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको नेपालले साउन महिनामा ११ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको छ । सामान्यतयाः अघिल्लो आर्थिक वर्षमा नै आयात अर्डर भइसकेका वस्तु साउनमा आयात हुने गर्छन् । चालू आर्थिक वर्षमा सरकारले करका दरहरूमा परिवर्तन गरेकाले त्यसका प्रभावले आयात घटेको छ । आयात केही घटेको र निर्यातमा सुधार आएकाले व्यापार घाटामा कमी आएको हो ।

भन्सार विभागका अनुसार साउन महिनामा गत वर्ष सोही महिनाको तुलनामा आयात साढे ११ प्रतिशतले घटेको छ । साउनमा १० करोड ६७ लाख बराबरको मात्र सामान आयात भएको छ । गत वर्ष साउनमा १२ करोड ६ लाखको आयात भएको थियो ।

नेपालबाट हुने निर्यात भने यस वर्षको साउनमा बढेको छ । साउन महिनामा ८ करोढ ८३ लाखको सामान निर्यात भएको छ । गत वर्ष यही अवधिमा ६ करोड ९२ लाखको निर्यात भएको थियो ।