देश

राष्ट्र बैंकले ८ अर्ब ६५ करोडको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं, भदौ १५–नेपाल राष्ट्र बैंकले ८ अर्ब ६५ करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले ३ अर्ब १३ करोड ९१ दिने अवधिका लागि बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल आगामी मङ्सिर १७ गते परिपक्व हुने बताइएको छ । यस्तै पाँच अर्ब ५२ करोड बराबरको ट्रेजरी बिल भने १८२ दिनमा परिपक्व हुने बैंकले जनाएको छ । राष्ट्र बैंकले यसअघि यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।