देश

चौठ चन्दको अवसरमा जनकपुरमा भोलि सार्वजनिक बिदा

जनकपुर, भदौ १५–मिथिलाञ्चल क्षेत्रमा मनाइने चौठ चन्दको अवसरमा जनकपुरमा भोलि सार्वजनिक बिदाको दिइएको छ । हिन्दु धर्मावलम्बीमा हरितालिका तथा चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले विदाको घोषणा गरेको हो ।

महिलाहरुले मनाउने हरितालिका तिज पतिको दिर्घायुका लागि हो भने चौठचन्द पर्व सन्तानको दिर्घायु, परिवारको सुखी दाम्पत्य जीवन, शान्ति एवं समृद्धिका लागि मनाइन्छ । गणेश चतुर्थी अर्थात् चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार बिदा दिने जनाएका छन् ।

चौठचन्द पर्वमा महिलाहरुले व्रत गरी नयाँ चामलबाट बनाइएका विभिन्न परिकारका पकवानहरु बनाएर अबेर बेलुकाको विभिन्न ५ किसिमका फलफुल हातमा राखेर चन्द्रमाको दर्शन गरेपश्चात भोजन गर्ने चलन रहेको छ । चौठचन्द पर्वमा महिलाहरु भने दिनभर निराहार रहेर श्रद्धापूर्वक चामलको पुरी, खिर, दही, फलफूललगायतका विशेष परिकारहरु बनाउने गर्छन् ।

Featured