मनोरंजन साहित्य

प्रभासको ‘साहो’ ले बक्स अफिसमा मच्चायो धुम, दुई दिनमा ४७ करोड भारु कलेक्सन

काठमाडौं, एजेन्सी , भदौ १५-प्रभासद्वारा अभिनित ‘साहो’ ले बक्स अफिसमा धुम मच्चाइरहेको छ। २४ करोड भारुबाट शानदार ओपनिङ गरेको साहोले रिलिजको दोस्रो दिन पनि दमदार प्रदर्शन गरेको छ। बक्स अफिस इन्डियाको वेबसाइट अनुसार ‘साहो’ ले शनिबार २३ करोड भारु कमाई गरेको छ। फिल्मको हिन्दी संस्करणले दुई दिनमा ४७ करोड भारुको कलेक्सन गरेको छ।

यस्तै, यसको सबै संस्करणको कुरा गर्ने हो भने फिल्मले शनिबार मात्रै ५०–५५ करोड भारुको कमाई गरेको छ। यससँगै, साहोले देशभरी दुई दिनभित्रै १४० करोडको कलेक्सन गरेको छ।

प्रभास र श्रद्धा कपुर स्टारर साहोका लागि दर्शक पनि त्यत्तिकै क्रेजी देखिएका छन्। यद्यपि, साहो फिल्म समीक्षकहरुको आशामा खरो उत्रन सकेको छैन। तर कमाई र प्रदर्शनको कुरा गर्ने हो भने यो फिल्म साउथको तेस्रो यस्तो डब गरिएको फिल्म हो जसले हिन्दी मार्केटमा सबभन्दा धेरै कमाईको रेकर्ड बनाएको छ।

Featured