NRNA खबर देश

युरोप सह संयोजक गोविन्द गौतमद्वारा केन्द्रीय सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा

मस्को, रसिया, १ सेप्टेम्बर – गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहकोषध्यक्षमा लामो समयदेखी संस्थामा अनुभबी गोबिन्द प्रसाद गौतमले अमेरिकाको म्यासाचुसेट शाखाले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवारी घोषणा गरेका छन् । अमेरिकामा यहि सेप्टेम्बर १ र २ मा हुन गैरहेको प्रथम अन्तरास्ट्रिय भाषा-साहित्य सम्मेलनमा भाग लिन पुगेका गौतमले आगामी २०१९-२०२१ कार्यकालका लागि सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। संघको स्थापनाकालदेखिनै विभिन्न भुमिकामा रहेर महत्वपूर्ण योगदान दिएका गैर आवासीय नेपाली संघ युरोपका सहसंयोजक समेत रहेका गौतमले संघको केन्द्रीय सहकोषाध्यक्ष पदमा उम्मेदवारिको घोषणा गरेका हुन् । विभिन्न भुमिका रहेर गैरआवासीय नेपाली र संघका लागि महत्पूर्ण योगदान पुर्याएका गौतमले एकाएक सह कोषाध्यक्षमा उम्मेदवारी घोषण्ण गरेपछी यसले नयाँ तरंग पैदा गरेको छ । उनले आफुले कर्मठ सिपाहीको रुपमा निरन्तर संस्थाको हितका लागि काम गर्दै आएकाले आफुलाई सह कोषाध्यक्षम मत दिएर जिताउन आग्रह गरेका छन् ।
यस्तो छ गौतमको पृष्ठभुमि:
पर्वत जिल्लाको फलेवास नगरपालिकामा जन्मिएर स्थानीय श्री भवानी विद्यापिठ व्यवसायीक माध्यमिक बिद्यालय बाट एसएलसी उतिर्ण पश्चात नेपालको इञ्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पस बाट प्रबिणता प्रमाण पत्र तह सिभिल इञ्जिनियरिङ्ग गरेका गौतम सानैदेखि अध्ययनमा उत्कृष्ट थिए । सोही कारण प्रतिस्पर्धामार्फत छात्रबृत्तिमा छनौट भएर युरोप पुगेका उनले सन् १९८७ मा सेन्ट पेटर्स्वर्ग बाट हाइड्रो पावर विषयमा इन्जिन्यरिन्ग्मा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका छन् । अहिले गौतम रुसमा आफ्नै व्यापार-व्यवसाय चलाउदै आइरहेका छन् ।
संघमा स्थापनाकालदेखीनै गौतमको योगदान यस्तो छ:
संघको स्थापनाकालदेखीनै संस्था एउटा ब्यापारी क्लब, सो मार्फत आफ्नो धन पर्दशन र संस्था मार्फत नेपालमा आफ्नो प्रभाव देखाउन खोजिएको आरोपहरु लाग्दै आएका छन् । यस्ता आरोपहरु चिर्न र विदेशमा रहने आम नेपालीको हक हित र स्वदेशमा गर्न सकिने योगदानका लागि गौतमको भूमिका अमह रहँदै आएको छ । उनले सन् २००३ देखि हालसम्म संस्थामा समाहित भएर आफ्नो क्षमता अनुसार यसलाई सम्पूर्ण गैर आवासिय नेपालीहरुको आफ्नै र प्यारो संस्थाको रुपमा बढाउँन तल देखि माथि सम्म इमान्दारीका साथ आवाज उठाउदै आएका छन् । जुन योगदान र भुमिकाका विषयमा संस्थापक देखि सवै अग्रज र अभियान्तहरु जानकार रहेको उनले बताए ।
उनी सुरुमा सन् २००३ मा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रसियाको पंजीकृत सदस्य भई यसको कार्यकारी सदस्य ,उपाध्यक्ष , २ कार्यकाल लगातार २०१३–२०१५ र २०१५–२०१७ सम्म केन्द्रिय सदस्यको सशक्त भूमिका निर्वाहगर्दै युरोपवासी नेपालीहरुको माया र साथले २०१७ देखी हाल सम्म यूरोपको सह संयोजकको रुपमा काम गरिरहेका छन् ।
सो अवधिमा विभिन्न समिति तथा उपसमितिहरुको सदस्य भएर काम गरेका उनै गौतमले नेपाली भाषा र साहित्य पर्वर्द्धन समितिको कन्भिनर भएर काम गर्ने मौका समेत पाएका छन् । नेपाल प्रज्ञा प्रतिस्ठानसँंग सहकार्य गर्दै संघ मार्फत नेपाली साहित्यलाई विश्व स्तरमा पुर्याउनलाई सम्वन्धित देशको भाषामा नेपाली साहित्यलाई अनुवाद गरेर थुप्रै पुस्तकहरु निकाल्न समेत गौतमको भुमिका महत्पूर्ण छ ।
नेपाली भाषा र साहित्यमा अझ महत्वपूर्ण योगदान:
गौतमले नेपाली भाषा तथा साहित्यको प्रवर्दन र संरक्षणमा समेत महत्वपूर्ण योगदान दिएका छन् । नेपाली भाषा र साहित्य उपसमितिको संयोजक भए पछि गौतमकै नेतृत्वमा नेपालको संघिय राजधानि काठमाडौंमा प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा अन्तराष्ट्रिय नेपाली कविता गोष्ठी सम्पन्न भएको छ । जहाँ नेपालका १० उत्कृष्ट कविहरु र ५ गैर आवासीय कविहरूले कविता वाचन गरेका थिए ।
गौतमकै अगुवाईमा गैर आवासीय नेपाली संघको इतिहासमै हाल अमेरिकामा पहिलो अन्तराष्ट्रिय नेपाली भाषा तथा साहित्य सम्मेलन हुन लागेको छ । जुन कार्यक्रममा सोहि उपसमितिको पहलमा प्रज्ञाप्रतिष्ठानका कुलपति को उपस्थितिमा ३ भन्दा बढी ऐतिहासिक किर्तीहरुको बिमोचन गरिने गौतमले बताए । अरु किर्तीहरुको आगामी अक्टोबर महिनामा काठमाडौंमा बिमोचन गर्न लागिएको उनले जानकारी दिए ।
गौतमको अपिल उनकै शब्दमा:
अन्त्यन्त विवेकशिल, चेतनशिल गैर आवासीय नेपाली साथीहरु, हजुरहरुलाई यो संस्थामा कस्तो व्यक्ति कुन उद्देश्य लिएर आएको छ छर्लंग छ ! बिबेक प्रयोग गरि अझै केहि समय यो अभियानमा लागि थप जिम्मेवार पदमा बसेर काम गर्ने मेरो इच्छा र अभिलाषालाई यहाहरुको सहयोग र समर्थन पाउने आशाका साथ सहकोषाध्यक्ष पदमा उम्मेद्वारी दिएको छु। मलाई मत दिएर सो पदमा निर्वाचीत गराउनु भएमा यहाँहरुकै सहयोग, सुझाव र साथबाट काम गर्ने प्रतिवद्धता व्यक्त गर्दर्छु ।

Featured