देश

सबै बैंकका एटीएमहरु पुनः सञ्चालनमा

काठमाडौं, भदौ १५-चिनियाँ गिरोहले नबिल बैंकको एटीएम ह्याक गरेको सन्दर्भमा अहिले राष्ट्रबैंक र विभिन्न बैंकहरुबीच छलफल भइरहेको छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका सुचना प्रविधि हेर्न व्यक्तिहरुलाई बोलाएर एटीएम ह्याक गरेको सन्दर्भमा छलफल गरिरहेको छ।

शनिबार राति नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा प्रहरीले पाँच जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो। चिनियाँ नागरिकबाट एटीएम सिस्टम असुरक्षित रहेको थाहा पाएपछि अधिकांश बैंकहरूले आफ्नो एटीएम सिस्टमलाई  डाउन गरेका थिए।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार नेपाल राष्ट्र बैंकमा उक्त छलफल भैरहेको छ। उनीहरुसँग अहिलेसम्म भएको क्षति र काम कसरी भयो भन्ने बारेमा समेत जानाकारी लिइरहेको प्रवक्ता निरौलाले बताए।

बैंकहरुले आफ्नो एटीएम सर्भर कति समयसम्म डाउन राख्न भन्ने विषयमा समेत छलफल भइरहेको जनाएको छ। यसैबीच सिस्टम ह्याकको आशंकामा एटीएम डाउन गरेका बैंकहरुले सम्बन्धित बैंकको एटीएम मात्रै चलाउन सुरु गरेका छन्।

एनटीएम सर्भर ह्याक भए पछि नेपाली बैंकहरुको एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले बैंकहरुको सर्भर डाउन गरेको थियो। तर, बैंकहरुले विस्तारै आफ्नो सेवा सुरुचारु गर्न अनुरोध गरेपछि प्रायः बैंकहरुको एटीएम सेवा सुचारु हुन थालेको छ। नेपाल बैंकर्स एसोसिएसनले जानाकारी गराए अनुसार आफ्नो बैंकको मात्रै एटीएम कार्ड सुचारु गर्ने गरि एटीएम सिस्टम सुरु गरिएको हो।

Featured