देश

केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा

काठमाडौं, भदौ १५–ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६स्०० बजे मापन गरी जारी गरेको बुलेटिनअनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको छ ।

हाल देशको पश्चिमी भू(भागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । मध्य तथा पूर्वी भू(भागमा सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशको पश्चिमी भू(भागमा सामान्य बदली साथै मध्य तथा पूर्वी भू(भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा साथै पूर्व र मध्यका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

राति देशभरि आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थान तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । आगामी २४ घण्टा देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।