देश

विमानस्थल आजदेखि दैनिक ७ घण्टा बन्द

काठमाडौं, भदौ १५–त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ। आइतबार रातिबाट विमानस्थलको स्तरोन्नतिको दोस्रो चरणको काम सुरु गर्नुपर्ने भएकाले विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने भएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलको दोस्रो चरणको काम सेप्टेम्बर १ (भदौ १५ गते आइतबार) बाट सुरु हुने भएसँगै विमानस्थलमा ७ घण्टा उडान अवतरण बन्द गरेर स्तरोन्नतिको काम गर्न लागिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए।

सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिकिो लागि राति साढे ११ बजेबाट बिहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर निर्माणको काम गरिने प्रमुख क्षेत्रीको भनाइ छ। यो समाचार आजको कारोबार दैनिकले लेखेको छ ।