देश

नेपाल आर्थिक पत्रकार समाजको अध्यक्षमा गौतम निर्वाचीत

काठमाडा, भदौ १४–नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा भीमप्रसाद गौतम निर्वा्चित भएका छन् । शनिबार भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गर्दै गौतम अध्यक्ष निर्वा्चित भएका हुन् । गौतमले १२० तथा ढकालले ११० मत प्राप्त गरे ।

उपाध्यक्षमा सरस्वती ढकाल गोलाप्रथाबाट निर्वाचीत भइन् । ढकाल र विष्णु बेलबासेको ८३र८३ मत आएपछि गोलाप्रथा गरिएको हो । उपाध्यक्षका अर्का प्रत्यासी अनुज ढुंगेलले ६७ मत ल्याए ।

महासचिवमा सुजन ओली निर्वाचीत भएका छन् । ओलीले अर्का प्रत्यासी अच्युत पौडेललाई ४० मतले पराजित गरे । ओलीले १३५ र पौडेलले ९५ मत ल्याए । सचिवमा कृष्ण रिजाल ९७ मत ल्याएर निर्वाचीत भएका छन् । प्रत्यासी सागर घिमिरेले ७२ तथा राजु चौधरीले ६५ मत ल्याए ।

सदस्यमा उम्मेदवारी दिएका तीनै महिला विजयी भएका छन् । सदस्यमा विनय बञ्जारा १७०, मुना कुँवर १५२, सुजन ढुंगेल १४८, हिमा विक १३५ र कमला अर्याल १०७ मत ल्याएर विजयी भएका छन् । जीवनकुमार बस्नेतले १०० तथा विपी पोख्रेलले ७५ मतमात्र ल्याए ।