मनोरंजन विदेश

नायिकाले छतबाट हाम फालेर गरिन् आत्महत्या, यस्तो छ कारण

काठमाडौं, एजेन्सी, भदौ १४-स्टार बन्ने सपना बोकेर थुप्रै युवा–युवती मुम्बई भास्सिएका हुन्छन्। कतिले भाग्य र मेहनतका कारण मौका पनि पाउँछन् तर कतिले अत्यधिक संघर्ष गर्दा पनि केही हासिल गर्न सकिरहेका हुँदैनन्।

यस्तै भयो एक उदाउँदो नायिकामाथि

पर्ल पंजाबी नामकी यी नायिकाले २९ अगस्टको राती आफू बस्ने अपार्टमेन्टको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन्। यी नायिकाको उमेर २५ वर्ष बताइएको छ। पर्ल पंजाबी मुम्बईको ओशिवारा इलाकामा बस्थिन्। यी नायिकाले कुनै दिन बलिउडकी चर्चित नायिका बन्ने सपना बोकेकी थिइन्।

ठूलो सपनासहित यी नायिकाले मनोरञ्जनको क्षेत्रमा कदम त राखिन् तर सायद उनी यो रेसमा टिक्नका लागि आइपर्ने दबाब झेल्न सकिनन्। उनी निकै लामो समयदेखि आफ्नो नीजि र व्यवसायिक जीवनमा संघर्ष गरिरहेको बताइन्छ। जब समस्याको कुनै समाधान देखिएन तब नायिकाले आत्महत्याको बाटो रोजेको पनि बताइन्छ।

पर्ल जुन अपार्टमेन्टमा बस्थिन् त्यहाँका गार्डले घटनाबारे जानकारी दिएका हुन्। उनका अनुसार घटना करिब सवा १२ देखि साढे १२ को बीच भएको थियो। केही खसेको आवाज आएपछि आफूहरु कुदेर उनी भएठाउँ पुगेको उनले बताए। उनका अनुसार हाम फालेपछि उनको स्थिती निकै खराब थियो र उनलाई तुरुन्त अस्पताल पुर्याइएको थियो तर उनको उपचारको क्रममा मृत्यु भएको छ।

Featured