देश

सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारितामा नयाँ चुनौति : गभर्नर नेपाल

काठमाडौँ, भदौ १४–नेपाल राष्ट्रबैकका गभर्नर चिरञ्जिवी नेपालले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नै नयाँ चुनौति थपेको भन्दै संवेदनशील हुन संचारक्षेत्रलाई आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनको २० औ बार्षिक साधारणसभा एंव अधिवेशनलाई शनिबार सम्बोधन गर्दे गभर्नर नेपालले सामाजिक सञ्जालको व्यापकता र फेसबुकमा आउने गलत सुचनाले भ्रम श्रृजना गराउने काम भईरहेको बताएका हुन् ।

सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जादा संचार क्षेत्रको सही भुमिका नै छाँयामा पर्ने भन्दै उहाँले त्यसतर्फ सबै संचारकर्मी र संचारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गरे ।

उनले समाचार लेखेकै आधारमा ज्यान जोखिममा पर्ने गरेको पनि देखिएकाले पत्रकारको जिम्मेवारी र भूमिका आफैमा चुनौतिपूर्ण रहेको बताए । कार्यक्रममा सेजनका पूर्व अध्यक्ष प्रतिक प्रधानले आर्थिक पत्रकारिता बलियो भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए । कार्यपालिकाले न्यायपालिका र व्यवस्थापिलाई नियन्त्रणमा लिएको अवस्थामा जनताको हितका लागि लड्ने संस्थाको रुपमा रहेको पत्रकारको भूमिका भने अपेक्षित बलियो हुन नसकेको उनले टिप्पणी गरे ।