देश

वडा सदस्य पद रिक्त गरिदिन कांग्रेसको आग्रह

काठमाडौँ, भदौ १४–सुनसरीको इनरुवामा आफ्नो पार्टीबाट निर्वाचीत वडा सदस्य अन्य पार्टीमा प्रवेश गरेको भन्दै नेपाली कांग्रेसले सो पद रिक्त गरिदिन सम्बन्धीत निकायलाई आग्रह गरेको छ ।

सुनसरीको इनरुवा नगरपालिका वडा नं. २ का वडा सदस्य लक्ष्मी मेहता पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेको भन्दै नेपाली कांग्रेसले उनको पद रिक्त गरिदिन निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम लक्ष्मी मेहताको पद रिक्त हुनुपर्ने शुक्रबारको केन्द्रीय समिति बैठकले ठहर गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

मेहताले नेपाली कांग्रेस पार्टीको साधारण सदस्यसमेत नरहने गरी २०७६र०३र१७ गते राजीनामा दिएको र नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिको २०७६र०५र०२ गतेको बैठकले उक्त राजीनामा स्वीकृत गरेको पौडेलले बताए ।