राजनीति

भष्ट्रचार र सुशासनको एजेण्डा लिएर अघि वढिरहेका छौँ : नेता सिटौला

विराटनगर, भदौ १४–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस अहिले भष्ट्रचार र सुशासनको एजेण्डा लिएर अघि वढिरहेको बताएका छन् । मोरङको सुन्दरहरैंचामा पार्टीबाट निर्वार्चीत जिल्ला भरिका स्थानीय जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन् ।

नेता सिटौलाले अहिलेको सरकार दुईतिहाईको दम्भमा संविधानमा उल्लेख भएका प्रावधानलाई कमजोर वनाउने काममा लागेको आरोप लगाए । नेता सिटौलाले जनप्रतिनिधिहरुलाई उत्कृष्ट रुपमा काम गर्न निर्देशन समेत दिए । कार्यक्रममा पार्टी जिल्ला सहसचिव एवम् सुन्दरहरैंचाका प्रमुख शिवप्रसाद ढकालले जनताको भरोसालाई नतोड्ने बताए ।

Featured