देश

तनहुँमा ९ जनामा डेंगु

तनहुँ, भदौ १४–तनहुँ जिल्लामा नौ जनामा डेंगुको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेंगुकोसंक्रमण पुष्टि भएको हो ।

गत साउन २४ गते एक जनामा डेंगु देखा परेको तनहुँमा यही भदौ ११ गतेसम्म डेंगुका बिरामी नौ जना पुगेका छन् । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका व्यक्तिमा डेंगुको संक्रमण देखा परेको दमौली अस्पतालले जनाएको छ । गत साउनसम्म दमौली अस्पतालमा डेंगुको शंका लागेको १२ को परीक्षण गरिएको अस्पतालका ल्याव असिस्टेन्ट विकास पौडेलले जानकारी दिए ।

डेंगुका बिरामीमध्ये तीन जनाले दमौली अस्पतालमा भर्ना भएर उपचार गराएका थिए । अस्पतालका नर्सिङ अधिकृत जमुना शर्माका अनुसार अस्पतालमा उपचार गराएकामध्ये एक जनालाई अस्पतालबाट घर पठाइएको र दुई जनालाई पोखरा स्थानान्तरण गरिएको थियो ।

तनहुँमा आर्थिक वर्ष ०७१र७२ मा तीन, ०७४र७५ मा एक र ०७५र७६ मा एक जनामा डेंगुको संक्रमण देखिएको थियो । हालसम्म गण्डकी प्रदेशका सात जिल्लामा ३३९ जना डेंगुका बिरामी फेला परेका छन् । सबैभन्दा बढी कास्कीमा ३१२ र सबैभन्दा कम पर्वत, बागलुङ, लमजुङमा दुईरदुई जना बिरामी फेला परेका छन् । स्याङ्जामा नौ, तनहुँमा नौ, गोरखामा तीन जना डेंगुका बिरामी छन् ।(रासस)

Featured