देश

पूर्व र मध्य नेपालका केही स्थानमा भारी वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम

काठमाडौं, भदौ १४–मौसममा सामान्य बदली भई शनिबार देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केहि दक्षिणतर्फ रहेको र जलबाष्प युक्त हावा नेपाल प्रवेशको कारणले पूर्वी तथा मध्यका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले पूर्वी र मध्य पहाडी भूभागमा पहिरोको संभावना र नदीको बहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र १४ गते शनिबार
दिउँसोः देशभरी सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानहरुमा र पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ साथै मध्य र पश्चिमका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

भाद्र १५ गते आइतबार
दिउँसो : देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा र पूर्व र मध्यका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुनेछ।

रातिः देशभरी सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

भाद्र १६ गते सोमबार
दिउँसोः देशभरी सामान्य बदली पूर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

Featured