देश

बुढीगंगामा तीज मिलन कार्यक्रम

विराटनगर, भदौ १३–मोरङको बुढीगंगा गाउँपालिकामा तीज मिलन कार्यक्रम गरिएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर ६ को सम्पर्क कार्यालय परिसरमा कार्यक्रम गरिएको हो ।

बुढीगंगा–३ स्थित सहेली विकास समाजले आयोजना गरेको कार्यक्रममा स्थानिय समाजसेवी,राजनितिकर्मी र महिलाहरु सहभागि भएका थिए । सो अवसरमा बोल्ने वक्ताहरुले तीज सांस्कृतिक र सामाजिक रुपान्तरणको महत्वपूर्ण पर्व रहेको बताएका थिए ।

उनीहरुले चाडपर्वमा हुने जमघटलाई महिलाहरुले आफ्नो अधिकार प्राप्तिका निम्ति बिषय उठान गर्ने अवसरका रुपमा समेत प्रयोग गर्नुपर्ने बताए । सो अवसरमा कार्यक्रमका सहभागि थारु,राजवंशी सहितका विभिन्न समुदायका महिलाहरुले तीज बिशेष गितमा नाचगान गरेर मनोरञ्जन गरेका थिए ।