देश

म्यानपावर व्यवसायीको सम्पत्ति छानविन गर्दै सरकार

काठमाडौं, भदौ १३–सरकारले अब म्यानपावर व्यवसायीको सम्पत्ति छानविन गर्ने भएको छ। यसका लागि सरकारले गृहकार्य गरी अनुसन्धान गर्ने आधारहरु तयार पारिसकेको बताइएको छ।

वैदेशिक रोजगार विभागको सहकार्यमा सरकारले यो कदम चाल्ने तयारी गरेको हो। यसका लागि आवश्यक समझदारी समेत भइसकेको छ। म्यानपावर क्षेत्रमा देखिएका बिकृतीहरुमाथी नियन्त्रण गर्नका लागि सरकारले सम्पत्ति छानविन गर्न लागेको वैदेशिक रोजगार विभागका महानिर्देशक भीमष्कुमार भुसालले बताए। उनका अनुसार सम्पत्ति शुद्धीकरण विभागसँग समेत यस बिषयमा समझदारी भइसकेको छ।

म्यानपावर व्यवसायीहरुले हाल सरकारले तोकेको भन्दा अधिक रकम लिएको गुनासो बढ्दै गएपछि सरकारको ध्यान आकृष्ट भएको हो। राजश्व अनुसन्धान विभागले पहिलो चरणमै गरेको अनुसन्धानमा एक म्यानपावरले ६ करोड रुपैयाँ राजश्व छलेको फेला पारेको थियो ।

Featured