खेलकुद

अभ्यास खेलमा नेपाली यू–१९ क्रिकेट टिम ८९ रनले पराजित

काठमाडौं, भदौ १३–एसीसी यू–१९ एसिया कप तयारीको तेस्रो अभ्यास खेलमा नेपाली यू–१९ क्रिकेट टिम ८९ रनले पराजित भएको छ। श्रीलंकाली टिम चिलाव मारियन्सले नेपाली युवा टिमलाई २२५ रनको लक्ष्य पेश गरेको थियो।

दुइ सय २५ रनको लक्ष्य पछ्याएको नेपाल ४०.३ ओभरमा अल आउट हुँदै १ सय ३५ रनमा समेटियो। मारियन्सले ५० ओभरमा ८ विकेटको क्षतिमा २२४ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएको थियो।

नेपालका लागि पवन सरार्फले १० ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । त्यस्तै सुर्य तामाङले २, सागर ढकाल, कमलसिंह ऐरी, राशिद खानको नाममा समान १ विकेट रह्यो।

नेपालले यसअघि खेलेको पहिलो खेलमा हार बेहोरेको थियो भने दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पारेको थियो। नेपाल रहेको समूह ‘बी’मा आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन्। यहि भदौ १९ गतेदेखि श्रीलंकामा एसीसी यू–१९ एसिया कप सुरु हुँदैछ ।

Featured