देश

वरिष्ठ पत्रकार विरहीलाई ‘कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’

विराटनगर, भदौ १३–वरिष्ठ पत्रकार हरिहर विरहीलाई कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कार आयोजक पिताम्बर खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासंघ मोरङ शाखाले शुक्रबार आयोजना गरेको कार्यक्रमकाबीच उनलाई सो पुरस्कार प्रदान गरिएको हो ।

बिरहीलाई प्रदेश प्रमुख डा. गोबिन्दबहादुर तुम्बाहाङले सो पुरस्कार प्रदान गरे । बिरहीलाई २५ हजार नगद राशी र सम्मानपत्र प्रदान गरिएको थियो । लामो समयदेखि पत्रकारितामा पु¥याएको योगदानको कदर स्वरुप रेग्मीलाई सो पुरस्कार प्रदान गरिएको पत्रकार महासंघ मोरङले जनाएको छ ।

बिरही नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत हुन् । बिरहीका बिषयमा जानकारी दिँंदै नेपाल पत्रकार महासंघ मोरङका सल्लाहकार अनन्त न्यौपानेले बिरही बरिष्ठ पत्रकार मात्र नभई झर्रोबादी आन्दोलनका अभियन्तासमेत रहेको बताए । सो पुरस्कार ०४५ सालदेखि निरन्तर मोती जयन्तीको अवसर पारेर प्रदान गरिंदै आएको छ ।

Featured