NRNA खबर देश

अब नेपालका बैंकमा विदेशी बैंकले पनि रकम राख्न पाउने

काठमाडौं, भदौ १३–गैरआवासीय नेपाली (एनआरएन) ले विदेशी मुद्रामा नेपालका बैंकमा राखेको मुद्दती निक्षेपबाट नेपाली मुद्रामा ऋण लिन पाउने भएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् एनआरएनले नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेप राख्नसक्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले सोसम्बन्धी निर्देशन जारी गर्दै थप व्याख्या गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा विदेशी मुद्रा मुद्दती निक्षेप कम्तीमा २ वर्ष अवधीको हुनुपर्ने, यसमा विदेशी संस्थाहरु (बैंक तथा वित्तीय संस्थाहरु समेत) तथा एनआरएन सहभागी हुन सक्ने, दुई वा सोभन्दा बढी विदेशी संस्थाहरु वा एनआरएनको नाममा संयुक्तरुपमा समेत खाता खोल्न सकिनेलगायतका व्यवस्था गरेको छ ।

विदेशी संस्थाहरु (बैंक तथा वित्तीय संस्थाहरु समेत), एनआरएनलगायतले अमेरिकी डलर, यूरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर वा क्यानेडिएन डलरमा मात्रै खाता खोल्न पाइने राष्ट्र बैंकको भनाइ छ ।