विदेश

भारतीय सेना प्रमुख जनरल बिपीन रावत जम्मु–कश्मीर भ्रमणमा

काठमाडौं, एजेन्सी, भदौ १३–भारतको केन्द्रिय सरकारले जम्मु–कश्मीरको विशेषाधिकार कटौती गरेपछि पहिलो पटक भारतीय सेना प्रमुख जनरल बिपीन रावतले श्रीनगरको भ्रमण गर्ने भएका छन्। अधिकार कटौती गरेपछि त्यहाँको अवस्था र पाकिस्तानले पार्ने प्रभावका विषयमा जानकारी लिन उनी श्रीनगर जान लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सरकारले अगष्ट ५ तारिखमा संविधानको धारा ३७० खारेज गरेर विशेषअधिकार केन्द्रमा राखेपछि उत्पन्न परिस्थितीलाई समान्य बनाउने प्रत्यासका श्रीनगर सो उपत्याकामा सेना प्रमुखको भ्रमण गराउन लागेको हो।

सरकारले जम्मु–कश्मीरमा लगाएको कफ्र्यू हटाएर दैनिक जीवनलाइ समान्यतर्फ फर्काउने प्रयास गरिरहेको छ। गभर्नर सत्यपाल मल्लिकले बुधबारदेखि जम्मु–कश्मीरमा ‘युनियन टेरिटोरी’को काम सुरु गरेका थिए।

जम्मु–कश्मीरका गभर्नर पालले बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्र सरकारले जम्मु–कश्मीरको संस्कृति र पहिचानलाई कुनै पनि नोक्सान नगर्ने बताएका थिए। सरकारले त्यहाँका ५० हजारलाई सरकारी जागिर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए। यस राज्यमा यस्तो रोजगारीको अवसर प्राप्त भएको थिएन।

गभर्नरले भनेका छन्– हामी उनीहरुलाई बाहिर आउन दबाब दिने छैनौ, हामी उनीहरुको सुरक्षा र संवद्र्धन गर्छौ। यो प्रधानमन्त्री नरेन्द्र मोदिको प्रतिवद्धता हो र हामी यहाँको अवस्थालाई समान्य बनाउन चाहन्छौ।

कुनै पनि आतंकवादी तथा सैन्यहरुले बाधा पु¥याएर डर र आतंक सिर्जना गर्न नसकोस् भन्ने ध्येयका साथ केही प्रतिवन्ध लगाइएको गभर्नर पालको भनाइ छ। उनले जनतालाई धैर्य र सहयोगी बन्न आग्रह गरे।

सरकारले विशेष अधिकार लिएको विषयमा उलने विगत सम्झँदै भने,‘यहाँ कुनै प्रहरी कारबाही एक जना व्यक्तिको पनि मृत्यु भएको छैन। सन् २००८ को विरोध प्रदर्शनमा ५० जनाको मृत्युभयो, सन् २०१० को प्रदर्शनमा १०० जनाको मृत्यु भयो र सन् २०१८ मा ८० जना भन्दा बढीको मृत्यु भयो।’

Featured