देश

वीरगञ्जमा करेन्ट लागेर एक महिलाको मृत्यु

वीरगञ्ज, भदौ १३-वीरगञ्ज महानगरपालिकाको रानीघाटमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ। सखुवाप्रसौनी गाउँपालिका–२ प्रसौनी घर भई वीरगजमा डेरा गरी बस्दै आएका लालबहादुर दासको श्रीमती ३६ बर्षिया रोमा देवी दासको करेन्ट लागेर मृत्यु भएको हो।

घरमै रहेको कलधारामा जडान गरिएको मोटरबाट करेन्ट सर्ट भई उनलाई करेन्ट लागेको थियो। गम्भिर घाइते अवस्थामा नारायणी उपक्षेत्रिय अस्पताल पुर्‍याएको थियो।

अस्पतलमा उपचारको क्रममा उनको निधन भएको र शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

Featured