काठमाडौं, भदौ १३-सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत फेला परेका छन्। बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
मृत गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन्। गाई कसैले मारेर फालेको हो या आफै मरेका हुन् भन्ने खुलेको छैन। यसबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
गाईको संख्या र कसले कहाँ लैजान लागेको हो भन्ने समेत अहिले सम्म खुल्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस