खेलकुद देश

राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा किरण चेञ्जोङ

काठमाडौं,भदौ १३-फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको सुरुवाति खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन्।

आगामी भदाैं १९ मा हुने कुवेतविरुद्धको खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले किरणलाई कप्तान छनोट गरेका हुन्। नियमित कप्तान विराज टोलीमा नपर्दा किरणलाई कप्तान छनोट गरेको हो।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिब रमेश सिलवाल लगायतले शुक्रबार हुने कुवेतसँगको अवे खेलका लागि नेपाली टोलीलाई विदाई गरेक छन्। नेपाली टोली आइतबार बिहान कुवेत प्रस्थान गर्नेछ।

नेपालले कुवेत र चाइनिज ताइपेसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा बिहिबार नै गरिसकेको छ। नेपालले ताइपेसँग भदौ २४ गते उसैको मैदानमा खेल्दैछ।

विश्वकप छनोटको दोस्रो चरणको एसिया छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपाल संगै समूह ‘बी’ मा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन्।

विश्वकप छनोटका लागि नेपाली टिम :

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई

फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ